बैशाख १४, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाएको छ । प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यस्तो आदेश दिएका हुन् ।

प्रधानन्यायाधीश जबराको एकल इजलासमा बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि उनले भने ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ बहस गर्ने हो ।’

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति गरेको प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबारसम्म सर्वोच्चमा ३० वटा रिट निवेदन परेका थिए । तीमध्ये ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि