असोज ०६, २०८१, आइतबार
               

खोप किन्न पाँचखालले माग्यो स्वीकृति

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।

नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताए ।

नगरस्थित कोभिड व्यवस्थापन समिमिको बैठकले खोप खरीद स्वीकृति माग गरेको हो ।  नगरप्रमुख खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर जेठ महिनाभित्रै आवश्यक खोप पाँचखालमा ल्याइनेछ । खोप खरीदका लागि प्रतिडोज नेपाली रुपैयाँमा दर निर्धारणको मागसमेत पत्रमा गरिएको छ ।

नगरमा १८ वर्ष माथिका करिब २० हजार नागरिक रहेकाले पहिलो र दोस्रो डोजका लागि ४० हजार डोज खोप खरीद गर्नुपर्ने छ । उनले भने, “नागरिककलाई बचाउन विकास बजेट काटेर भएपनि जसरीनै खोप किन्नैपर्ने आवश्यकता भैसक्यो । मन्त्रालयसँग यसबारे फलोअप पनि भइरहेको छ ।” 

पाँचखालमा कोभिडविरुद्धका ‘फ्रन्टलाइन’का स्वास्थ्यकर्मी तथा कर्मचारीले भने दुवै चरणका खोप लगाइसकेका छन् । पाँचखालमा कोरोनाको दोस्रो लहर सुरुपछि हाल १७७ पुरुषसहित ३२६ सक्रिय कोरोना सङक्रमित छन् भने चारले ज्यान गुमाइसकेका छन् । जसमध्ये नगरको आइसोलेसनमा ७, अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १२३ सङ्क्रमित रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि