असोज ०६, २०८१, आइतबार
               

आठ दिनदेखि हराएका पुरुष मृतावस्थामा भेटिए

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

तनहुँ । यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा भेटिएका छन् । व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत भेटिएका हुन् । 

व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

जंगलमा निउरो खोज्न गएका मानिसले बोटेलाई मृतावस्थामा देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का बनाएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि