असोज ०६, २०८१, आइतबार
               

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

बर्दिया । गेरुवा गाउँपालिका-१ सरखोल खचकपुरमा हात्तीको आक्रमणबाट दुई जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेहरू आमाछोरी हुन् । 

सोमबार राति ९ बजेतिर ३७ वर्षकी चन्द्रा विक र उनकी छोरी ३ वर्षकी दिपिका विकलाई घरमै बसिरहेको बेला बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई आक्रमण गरी मारेकाे हाे ।

हात्तीले दुवै जनालाई आक्रमण गरी आफ्नो सुँडमा उठाई घरबाट करिब ३० मिटर टाढा लगी छोडेकोमा आमाको घटनास्थलमै मृत्यु भएको र छोरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि