असोज ०६, २०८१, आइतबार
               

कोरोना सङ्क्रमितको गाउँमै उपचार

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

कोरोना महामारीबाट बिरामी भएकालाई गाउँमै उपचारको व्यवस्था मिलाइएपछि सहज भएको छ । सङ्क्रमण सङ्ख्या दैनिक बढ्दै जान थालेसँगै यहाँका १० वटै पालिकाले धमाधम आइसोलेशनकक्ष निर्माण गरेर गाउँमै उपचारको प्रबन्ध मिलाएपछि सहज भएको हो । जिल्लाको ऋषिङ गाउँपालिकाले पाँच शय्या क्षमताको सुविधासम्पन्न आइसोलेशनकक्ष निर्माण गरेकामा पुनः १५ शय्या थप गरी २० शय्या बनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी व्यास–२ स्थित साविकको कृषि विकास बैंकमा अक्सिजन सिलिण्डरसहितको ५० शय्याको आइसोलेशनकक्ष निर्माण गरिएको नपा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालमा चिकित्सक र अक्सिजन सिलिण्डरसहितको १५ शय्याको आइसोलेशन निर्माण गरेको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए। शुक्लागण्डकी नगरपालिकाले पनि दुई स्थानमा गरी ६५ शय्याको अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेशन निर्माण गरेको नगरपालिकाका उपप्रमुख सविता रसाइलीले जानकारी दिए ।

त्यसैगरी भानुनगरपालिकाले भानु–५ स्थित पुरनडिही नगर अस्पतालमा अक्सिजनसहितको १७ शय्याको अक्सिजनसहित चिकित्सक रहने गरी आइसोलेशन निर्माण गरेको छ । आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिकले अहिले पाँच शय्या क्षमताको आइसोलेशन निर्माण गरेर सेवा प्रवाह गर्दै आएका छन् । तत्कालै पाँच शय्या थप गरी १० शय्या क्षमताको पुर्‍याउने लक्ष्य राखिएको नगरपालिकाले जनाएका छन् ।

प्रारम्भिक उपचार गर्ने र जटिल हुँदै गएको अवस्थामा दमौली अस्पताल तथा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पठाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि