जेठ ०४, २०८१, शुक्रबार
               

गोली प्रहारबाट घाइते माओवादी नेताको निधन

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

गोली प्रहारबाट गम्भीर घाइते भई उपचार गराइरहेका नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ।

पाँच दिनअघि उनीमाथि गोली प्रहार भएको थियो । काठमाडौंमा उपचार गरिएका पाण्डेको गएराति निधन भएको हाे । सोमबारसम्म भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उनकाे उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा उनको गए राति निधन भएको हो।

पाण्डेमाथि गोली चलाएको आरोपमा प्रहरीले ओमप्रकाश यादव र साकिर अलीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि