मंसिर ०७, २०८१, शुक्रबार
               

शव व्यवस्थापनको लागि स्काउटरलाई तालिम

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

दमक । कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सुरु गरिएको छ ।

देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै संक्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन सुरु गरिएको हो ।

 नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन सुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताए । उनले सबै ठाउँमा संक्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएको बताए ।

उनका अनुसार बुधबारसम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ स्काउटर सहभागी छन् । तालिमको पहिलो दिन श्री नयाँ श्रीनाथ गणका गणपति श्री अमरजङ्ग थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको भूमिकाबारे प्रस्ट पारेका थिए ।

नेपाली सेनाका तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डा. समीर पुडासैनीले कोरोनाका बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पारेका थिए ।


कस्तो लाग्यो ?

यो पनि