असोज ०६, २०८१, आइतबार
               

स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ ।

कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि