असोज ०६, २०८१, आइतबार
               

९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । उनी दुई साता अघि कोभिड अस्पताल उद्घाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । उपमेयर कार्कीको बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे छ । 

९१ वर्षीया कार्कीको वीरगन्ज महानगरपालिकाले नै संचालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । मेयर विजयकुमार सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेमा बधाई दिएका छन् । मेयर सरावगीले कोरोनाबाट डराएर होइन, डटेर पररास्त गर्न सकिन्छ, यसको जीवन्त उदाहरण उपप्रमुख शान्ति दिदी हुनुहुन्छ भन्दै सामाजिक संजालमार्फत बधाई दिएका हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि