जेठ ०१, २०८१, मंगलबार
               

‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् ।

 तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा आदी लगाएएका रामलालले सुखड, बौनिया, बलियालगायतका बजारमा आफ्ना उत्पादन बेच्दै आउनुभएको तर निषेधाज्ञाले चौपट भएको गुनासो गरे ।

मेहेनत गरेर उब्जाएका तरकारी बारीमै सड्दा रुन मन लाग्ने चौधरीको भनाइ छ । सामान्य अवस्थामा एक सिजनमा तरकारी बेचेर पाँच लाख रुपैयाँसम्म बचत हुने गरेको रामलाल सुनाउछन् । “तर के गर्नु दुःख गर्‍यो गर्‍यो, बेच्ने समयमा ठ्याक्कै बन्द हुन्छ, गत वर्ष पनि यही समयमा लकडाउनले तरकारी सबै खेर गयो”, रामलालले सुनाए । 

रामलाल जस्तै सोही ठाउँका श्यामलाल चौधरी पनि तरकारी बिक्री गर्ने सिजनको समयमा निषेधाज्ञा भएपछि चिन्तित छन् ।  श्यामलालले एक बिगाहामा उत्पादित तरकारी बिक्री गर्न पाएको छैन । “उत्पादित तरकारीले बजार नपाउँदा बैकको ब्याज तिर्न समस्या हुनुका साथै  उत्पादित तरकारी बारीमै सड्दा निकै पिर लाग्ने गरेको छ”, श्यामलालको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि