असोज ०६, २०८१, आइतबार
               

बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ ।

कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराइदिए ।

दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो । सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्‍यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्‍यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयं परिवारले उक्त आग्रह मानेनन् । 

वैशाख १८ गते कालीगण्डकीको वडा नं ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा कालिगण्डकीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । अध्यक्ष, उपाध्यक्ष गएनन् । रिवारलाई भोजमा पठाए । बिहेको चार/पाँच दिन अगाडि सामग्री किन्नका लागि दुलाहाका बुबा सुनौली गएको वडासदस्य पहराई बताउछन् ।

वैशाख २१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्नेलगायतका समस्या देखिन थाल्यो । एन्टिजेन्ट जाँच गराउँदा पोजेटिभ आएपछि पिसिआरका लागि स्वाब सङ्कलन गरेर तम्घास पठाइयो । पुर्तिघाट स्वास्थ्यचौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजी अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पिसिआर रिपोर्ट पोजेटिभ भएको जानकारी आयो ।

केही दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ वर्षीया महिलाको पिसिआरका लागि स्वाब लिई परीक्षणका लागि तम्घास पठाइएको थियो । उनी १८ गतेको बिहेभोजमा सहभागी थिए । जेठ १ गते नै साँझपख बिहे भोजमै सहभागी भएकी उनलाई श्वासप्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याए पनि ज्यान गएको वडासदस्य बोमबहादुरले बताए ।


कस्तो लाग्यो ?

यो पनि