बैशाख १४, २०८१, शुक्रबार
               

आज मुलुकका अधिकांश भागमा मध्यम वर्षाको सम्भावना

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज देशका अधिकांश भागमा मध्यम बदलीको सम्भावना रहेको छ । जल तथा तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भने भारी वर्षा हुन सक्नेछ । 

भारतको गुजरातबाट उत्तर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली हुने देखिएको हो । प्रदेश १, गण्डकी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने र अन्यत्र सामान्य वर्षात् हुने सम्भावना महाशाखाको छ ।

उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले बिहीबार बिहान पनि देशका केही भागमा सामान्य वर्षा भइरहेको छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

मुलुकका केही भागमा चट्याङ पर्ने पनि महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि