बैशाख २०, २०८१, बिहीबार
               

बर्दघाट बस दुर्घटना अपडेट : चार जनाको मृत्युसँगै ४९ यात्रु घाइते

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बिहान नवलपरासीको पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दघाटस्थित खुसार्नी खोला नजिकै भएको बस दुर्घटनामा चारजनाको मृत्युसँगै ४९ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घटनामा घाइते ४२ जनाको चिसापानी अस्पताल र ५ जनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार (आज) बिहान ६ बजेको आसपास दुर्घटना भएको बताइएको छ । मृत्यु हुने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।


कस्तो लाग्यो ?

यो पनि