जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंबाट रुकुम जाँदै गरेको बस बर्दघाटमा दुर्घटना, चारजनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाटस्थित दाउन्ने सडकखण्डमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरि चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले बताए । 

काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटना भएको उनले जानकारी दिए । सो घटनामा उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि