बैशाख ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको शपथविरुद्धको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार लिएको शपथको विषयलाई लिएर परेको रिटमाथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री ओलीको शपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा राखिएकाे छ । 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका व्यक्तिहरूले दायर गरेका रिटको पेशी राणाले आफ्नै इजलासमा तोकेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

रिटमा सांसद सदस्य नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्न माग दावी गरिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेका ७ जना गैर सांसद मन्त्रीले दोस्रो पटक शपथ लिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि