बैशाख १५, २०८१, शनिबार
               

सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौं ल्यायो

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ४५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौं ल्याएको थियो ।

विराटनगरबाट हिजो र आज काठमाडौं ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौं उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । केही दिनअघि पनि सेनाले बाराको सिमराबाट आफ्नो संयन्त्रमार्फत अक्सिजन सिलिण्डर सङ्कलन गरी हेलिकप्टरद्वारा तुरुन्त ढुवानी गरी रुपन्देहीका विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो ।

पछिल्ला केही दिनमा मुलुकका विभिन्न अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा समस्या देखिएपछि अक्सिजनको व्यवस्थापन र ढुवानीलाई सेनाले पहिलो प्रथामिकतामा राखेर काम गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि