चैत १६, २०८०, शुक्रबार
               

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौ । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप भएको छ । मंगलबार उपत्यकाका तीन जिल्लाका  जिल्ला प्रमुखको बैठकले निर्धारित अवधिसम्म निषेधाज्ञा थप गरेको हो । उपत्यकामा निषेधाज्ञा जारी भएको यो तेस्रो पटक हो । 

यसअघि उपत्यकामा पहिलो पटक वैशाख १६ देखि निषेधाज्ञा सुरु भएको थियो । 

अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । ‘महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको छ । 

त्यस्तै, बैठकले होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा रोक लगाएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने मंगलबारको बैठकले निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि