बैशाख २२, २०८१, शनिबार
               

उपत्यका तीन जिल्ला प्रमुखको बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । बैठक उपत्यकामा निषेधाज्ञा थपबारे छलफलका लागि सो बैठक बसेको जनाइएको छ । 

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन् । तर, बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी छैैनन् । कोरोना संक्रमणका कारण सो बैठकमा सहभागी नभएको बताइएको छ । 

उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्नेबारे छलफल भएको छ । गृहमन्त्रालयका सचिवसँग पनि छलफल गरेर निषेधाज्ञाबारे निर्णय गरिने बताइएको छ । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो । सो समयावधि भोलि अर्थात् बुधबार रातिबाट सकिँदै छ । 


कस्तो लाग्यो ?

यो पनि