बैशाख २६, २०८१, बुधबार
               

कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउन मन्त्रालयको आग्रह

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउन आग्रह गरेको छ । कोरोना महामारी दिनानुदिन बढिरहेका बेला मन्त्रालयले बुधबार नियमित ब्रिफिङका क्रममा स्थानीय तहलाई सो आग्रह गरेका हुन् । 

‘स्थानीय तहहरूलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरि सघनरूपमा नमुना संकलन गरेर कोभिड १९ को परीक्षण बढाउने व्यवस्था गर्न अनुरोध गर्दछौँ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नबढाएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि