बैशाख १७, २०८१, सोमबार
               

असक्तहरुको पिसिआर घरमै गरिने

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । पिसिआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ ।

अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुगेर स्वाब संकलन गर्ने र त्यसका लागि थप पाँच सय लाग्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । तर, यसका लागि केही मापदण्ड लागू हुने उनले बताए । 

यस्तै, सरकारले बिहीबार (भोलि) सम्ममा कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभर चार हजार भाइल आइपुग्ने जनाएको छ । मङ्गलवार (हिजो) तीन हजार भाइल उपलब्ध भएको र दुई दिन अघिसम्म एक लाख २५ हजार भाइल प्राप्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।


कस्तो लाग्यो ?

यो पनि