बैशाख २०, २०८१, बिहीबार
               

प्राधिकरणको निर्देशन : इन्टरनेट मसहुल तिर्न नसक्नेहरुको सेवा अवरुद्ध नगर्नू

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट मसहुल तिर्न नसक्नेहरुको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा महसुल भुक्तानी नगर्ने उपभोक्ताको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई बुधबार प्राधिकरणले सो निर्देशन दिएको हो।

प्राधिकरणले कोभिड-१९ को दोस्रो लहरको संक्रमण तीव्र बन्दै गएको भन्दै दूरसञ्चार तथा इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सचेत गराएको हो।

अहिलेको परिस्थितिमा सेवा अवरुद्ध हुँदा उपभोक्ताहरुमा नकारात्मक असर पर्न जाने प्राधिकरणको विष्लेषण छ । 

त्यसैगरी, सम्भव भएसम्म विद्युतीय माध्यमबाट महसुल भुक्तानी लिने व्यवस्था गर्न र सर्भिस सेन्टरमार्फत् सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने गरी महसुल उठाउन निर्देशन दिइएको छ। परिस्थिति अनुकुल भएपछि पनि कुनै बिलम्ब शुल्क नलिइ सेवा संचालन गर्न प्राधिकरणले पत्राचार गरेको छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै ४१ भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ। प्राधिकरणले यस्तो बेलामा इन्टरनेटको माग बढिरहेको र उपभोक्ताहरु घर भित्रै सीमित भएकोले सेवा निरन्तर दिनुपर्ने जिकिर गरेको हो।

सेवा प्रदायकहरुले निषेधाज्ञाको समयमा सेवा प्रदायकहरुले सेवा रोकेको जनगुनासो बढेपछि निर्देशन जारी गरेको जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि