चैत १६, २०८०, शुक्रबार
               

नेपालले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ ।

कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए ।

उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । ‘हामीसँग अक्सिजन ग्यासको कमी छैन,’ उनले भने, ‘तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो ।’


कस्तो लाग्यो ?

यो पनि