जेठ ०४, २०८१, शुक्रबार
               

सुत्केरी सेकाउन बालेको आगोका कारण एक जनाको मृत्यु दुई गम्भीर

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौँ । भक्तपुरमा आमा र २ छोरी सहित एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन् । २ मध्ये एक छोरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति काभ्रेपलान्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई हाल सुर्यबिनायक नगरपालिका १० मिलन चोकमा डेरा गरी बस्ने तीन जना अचेत अवस्थामा फेला परेका थिए । तीमध्ये २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ। उनकी आमा ४० वर्षीया शान्तिमाया तामाङ र १८ वर्षीया छोरी अनिता तामाङ बेहोस छन् । उनीहरुको उपचार भइरहेको छ ।

सुत्केरी बस्न माइती आएकी सुनितालाई र बच्चालाई न्यानो राख्न आगो बालेरै उनीहरू कोठामा निदाएका थिए । तर, कोठामा अक्सिजनको कमी भएर उनीहरू निस्साएर अचेत अवस्थामा  पुगे पछि प्रहरीको टोलीले उद्धार गरे पनि सुनिताको भने मृत्यु भएको हो । सुनिता सोही दिन सुत्केरी भएकी थिइन् ।

सो घट्नाबारे खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द रहेको अवस्थामा फेला पारेको हो।

स्थानीयको सहयोगमा झ्याल ढोकाको चुकुल फोडी हेर्दा मुखबाट फिँज काटी बेहोस अवस्थामा फेला परेका थिए। तत्काल उपचारको लागी मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा राति १२ बजे सुनिताको मृत्यु भएको हो।

कोठामा बालेको कोइला रहेको, कोठा सम्पूर्ण झ्याल ढोका भित्रबाट बन्द रहेकाले अक्सिजन अभावका कारण ज्यान गएको आशङ्का गरिएको छ। मृतकको रगत र भिसेरा समेत निकाली परीक्षणका लागी पठाउने तयारी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

घटनामा बेहोस भएका २ जनाको स्वास्थ्य गम्भीर नै रहे पनि क्रमिक सुधारको सङ्केत देखिएको तर उनीहरू राम्ररी बोल्न सक्ने अवस्थामा भने रहेको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि