जेठ ०३, २०८१, बिहीबार
               

२४ घन्टामा पनि नियन्त्रणमा आएन आगलागी

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

फाइल तस्बिर
ADVERTISEMENT

झापा । मेचीनगरस्थित एक ब्रिकेट कारखानामा लागेको आगो २४ घन्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन।

झापाको मेचीनगर १५ मा रहेको पराजुली ब्रिकेट कारखानामा लागेको आगो लामो समयसम्म नियन्त्रणमा आउन नसक्दा करोडौँको क्षति भइसकेको अनुमान गरिएको छ ।

सोमबार बिहान ३ बजेतिर सल्किएको आगो अहिलेसम्म स्थानीय दमकलको अथक प्रयासपछि समेत निभाउन सकिएको छैन । इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार आगलागी कायमै रहे पनि दमकलहरू फर्किएका छन् ।

आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमकका गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन भएका थिए। दमकलसँगै जनपथ र सशस्त्रका गरी ६० जना प्रहरी खटिएका थिए ।

उक्त कारखानामा लागेको आगोबाट १० देखि १२ करोडसम्म क्षति भएको अनुमान गरिएको छ । विद्युतीय सर्किटमा गडबडी भएर आगलागी भएको अनुमान छ ।


कस्तो लाग्यो ?

यो पनि