जेठ ०३, २०८१, बिहीबार
               

निषेधाज्ञा अझ कडा बनाउने तयारी

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौँ उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउने तयारी भएको छ । यसका लागि  आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन भएको भन्दै थप कडाइ गर्न लागिएको जनाइको छ । सडकमा अत्यावश्यक कामका लागि हिँड्ने पैदलयात्रीले पनि त्यसको औचित्य र प्रमाण देखाउनुपर्नेबारे निर्णय लिईदैछ ।

त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी कर्मचारीलाई सम्बन्धित कार्यालयबाट अत्यावश्यक र अनुमति दिइएका सेवा प्रवाहका लागि सीमित सवारी पास मात्रै जारी गर्ने, बैङ्क तथा वित्तीय संस्थाका हकमा एउटा चार पाङ्ग्रे र एउटा दुईपांग्रे सवारी चलाउन दिइने एवं सरकारी कार्यालयमा रहेका सवारीमध्ये ५० प्रतिशत मात्रै सञ्चालनमा ल्याउने गरी अर्को आदेश जारी गर्न लागेका छन् ।

वैशाख १६ मा जारी गरिएको एक साता लामो निषेधाज्ञा बुधबार सकिँदै छ । त्यसको अघिल्लो दिन मङ्गलवार नै यी थप कडा प्रावधान समेटेर निषेधाज्ञा अवधि वैशाख मसान्तसम्म पुर्याउने तीन वटै प्रशासनको तयारी छ ।


कस्तो लाग्यो ?

यो पनि