जेठ ०४, २०८१, शुक्रबार
               

बाँकेमा एक साता निषेधाज्ञा अवधि लम्बियो

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

बाँके । बाँकेमा थप एक साता निषेधाज्ञा जारी भएको छ ।  बाँके प्रमुख जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । निशेधाज्ञा वैशाख २७ गते राति १२ बजेसम्म कायम रहने सो सूचनामा उल्लेख छ । 

यसअघि वैशाख १३ गते जारी गरेको निषेध आदेश सोमबार राती १२ बजे समाप्त हुँदैछ। सोमबार राती १२ बजेबाट नै लागू हुने गरी थफ एक साता निषेध आदशको अवधि बढाइएको हो। 

कोरोना संक्रमण बढेपछि बाँकेमा सुरु भएको निषेध आदेशका बीच पनि संक्रमितको संख्या बढेको-बढ्यै छ। बाँकेका अस्पतालका शय्या संक्रमितहरूले भरिएकाले बेड नपाएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन्। 

निषेधाज्ञा अविधमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाध तथा दुग्ध पदार्थ, औषधि पसल, बैंक एटिएमजस्ता अत्यावश्यक सेवा साथै सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कूटनीतिक प्लेटका सवारी साधनहरू, लामो दुरीका सवारी तथा मालबाहक साधन, निर्माण सामग्री दुवानीका साधन अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू र अनुमति (पास) प्राप्त सवारी साधनहरू संचालन हुने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि