बैशाख २८, २०८१, शुक्रबार
               

आजबाट आन्तरिक हवाई उडान बन्द, अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने पक्षमा सरकार

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । दोस्रो चरण देशभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम भएपछि सरकारले आजबाट आन्तरिक हवाइ उडान पनि बन्द गरिने भएको छ । 

मन्त्रिपरिषदको हिजो बसेको बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

साथै, वैशाख २२ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिने गुरुङले जानकारी दिए । गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिए पनि हवाइ उडानहरु भने निरन्तर चलिरहेको छ । 

अत्यावश्यक पर्दा चार्टर्ड उडानका लागि अनुमति दिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनको भनाइ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले पनि हवाइ उडान बन्द गर्न सिफारिस गरेको थियो । 

यो पनि