चैत १६, २०८०, शुक्रबार
               

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

कोभिड-१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, विराज समाज तथा सामाजिक अभियान्ताहरूको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सुरु गरिएको हो । यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही,  अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरेलगायतको सहयोग छ ।

अभियान्ता प्रधानले कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको  जानकारी दिए । 

अभियानअन्तर्गत गरीब, दुःखी, असहाय  वा एम्बुलेन्स सुविधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिका लागि सेवाको भावले आफूहरूले पूर्ण सहयोग गरी सम्भव भएसम्म हस्पिटल  पुर्‍याउने ओम समाज हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले जानकारी दिए । शनिबारदेखि सुरु गरिएको अभियानअन्तर्गत कोभिडका बिरामीलाई उनीहरूले चाहेका अस्पताल पुर्‍याउने तथा अक्सिजनको व्यवस्थापनको कार्य गर्दै आएको उनले बताए । दैनिक ४० देखि ५० बिरामीले यो सेवा लिइरहेका छन् । आज दुई सयभन्दा बढी फोन कल आएको र बिरामी व्यवस्थापनमा अभियान सक्रिय रुपमा जुटेको बताइएको छ । 

बिरामीलाई आवश्यकताअनुसार  निःशुल्क आकस्मिक स्वास्थ सेवा सहितको एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । बिरामीले आफूले चाहेको अस्पताल आफैँ छान्न सक्नेछन् । डा घिमिरेले अहिलेको असहज परिस्थितिमा भौतिक दूरी कायम गर्दै मास्क लगाउन र अनावश्यक सिलिन्डर स्टक नगर्नसमेत आग्रह गरे ।त्यस्तै, अभियन्ताहरूले पनि नअत्तालिन, मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट र शेयर नगर्न आग्रह गरेकाे छ । 

स्वास्थकर्मी जिता बराल, मुना साधना विश्कर्मा, निर्मल कार्की तथा  चालक तेन्जिङ तामाङको टोलीले बिरामीलाई अस्पतालसम्म पुर्‍याउन  आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवामा कार्य गर्ने बिराज समाजका अध्यक्ष रामप्रसाद दाहालले बताए । सेवा लिनका लागि सम्पर्क नं ९८५१२७७३४२, ९८५१२३९३४२ र  ९८५१३१२४१७ सम्पर्क गर्न सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि