जेठ ०६, २०८१, आइतबार
               

दाङमा एक कारभित्र तीनजना शिशु मृत अवस्थामा भेटिए

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकी राखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत भेटिएका हुन् । 

उनीहरुलाई हिजो राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।  

प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । मृत शिशुको पहिचान खुल्न सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि