कोरोना संक्रमणका कारण पूर्वरानी कोमल शाहको अवस्था गम्भीर रहेकाे अस्पतालले जनाएकाे छ । थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्वरानी कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
भारतको कुम्भ मेलाबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमल पनि कोरोना संक्रमित भएकी थिइन्। आज पनि अस्पतालले कोमललाई ‘हाई फ्लो’ अक्सिजनको सपोर्टमा राखिएको छ। सँगै संक्रमित बनेका पूर्व राजा ज्ञानेन्द्रको अवस्था भने स्थिर रहेको छ। तर, उनलाई पनि अक्सिजनको सपोर्ट दिइएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
यस्तै, पूर्व अधिराजकुमारकी प्रेरणाको अवस्था भने सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।