असोज ०६, २०८१, आइतबार
               

बालविवाह गर्ने १४ वर्षीय किशोर पक्राउ

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

सल्यान । यहाँ बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

यही वैशाख १३ गते राति खान खाएर सुतिसकेको अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि भागी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ । बालविवाहसँंगै करणीसमेत भएको भनेर जाहेरी आएकाले सोही अनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

प्रहरीले सल्यान अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । यसैबीच विवाहमा संलग्न भएको आरोपमा किशोरका बाबुलाई पक्राउ गरिए पनि संलग्नता नदेखिएकाले प्रक्रिया पुर्याएर छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि