जेठ ०७, २०८१, सोमबार
               

आजदेखि उपत्यकामा निषेधाज्ञा लागू, सडक सुनसान

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकाकमा निषेधाज्ञा लागू गरेको छ । कोरोना भाइरसको दोस्रो चरण महामारी फैलिएपछि आज विहान ६ बजेदेखि १५ दिनको लागि निषेधाज्ञा लागू भएको हो ।

बिहानैदेखि राजधानीका सडकमा सवारीसाधन धेरै कम मात्रामा गुडेका छन् । अत्यावश्यक सवारीबाहेक अन्य सवारी चल्न नपाउने भएपछि सडक सुनसान जस्तै बनेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेधाज्ञा लागू गरेको छ ।

सार्वजनिक र निजी सवारी बन्द भएका छन् । अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ । तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन् । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । 

सार्वजनिक र निजी सवारीसाधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । 

कतै सडकमा भने सरकारले सूचनामा भनेअनुसार सवारी पास नलिइ हिँड्ने सवारी साधनहरुलाई ट्राफिक प्रहरीले होल्डमा राखेको पाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि