असोज ०५, २०८१, शनिबार
               

प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरिने

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आज स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ । 

सत्ता पक्षीय नेकपा एमालेका प्रदेशसभा सदस्यबाट कोरोना महामारी बढेको वर्तमान अवस्थामा सदस्यको पिसिआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठकअवरुद्ध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले परीक्षण गरेर मात्र सभा बस्ने सहमति जुटेको हो । सबै सदस्यको पिसिआर परीक्षण गर्ने भन्दै भोलि १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।

बैठकमा कोरोना सङ्क्रमण पुष्टि भएका सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छलफलमा सहभागी हुन नपाउने तर मतदान प्रक्रियामा सहभागि हुन पाउनेमा सहमति जुटेको बताइएको छ । सहमतिअनुसार आजै प्रदेशसभा सदस्यको पिसिआर परीक्षण भएको र भोलि १० बजेसम्म त्यसको नतिजा आएपछि १ बजे बैठक बस्ने प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिए । 

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । 


कस्तो लाग्यो ?

यो पनि