नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोराना संक्रमण भएको छ ।
उनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । रिजालले ट्वीटमा लेखेका छन्, ‘आज गरेको स्वाब परीक्षणबाट ममा कोभिड-१९ पोजिटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु ।’
उनले आफ्नो सम्पर्कमा आएकालाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।