असोज ०५, २०८१, शनिबार
               

लकडाउन त्रास, एकैदिन ६० हजारले उपत्यका छाडे

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौंमा निषेधाज्ञा हुने भएपछि घर फर्किनु उत्तम ठान्दै काठमाडौं उपत्यका छाड्ने बढेका छन् । मङ्गलवार एकैदिन ६० हजार बढीले उपत्यका छाडेका हुन् । १६ गतेदेखि लकडाउन गर्ने सोमबार साँझ निर्णय लगतै उपत्यकाभित्र धेरैले काठमाडौं छाड्ने तयारी गरेका थिए ।

निषेधाज्ञा भर सार्वजनिक तथा निजी सवारी चल्ने छैनन् । अन्य व्यापार व्यवसायमा पनि बन्देज लगाइएको छ। जसले गर्दा काठमाडौं उपत्यकाभित्र अध्ययन, व्यापार र अन्य सिलसिलामा आएका मानिसहरू गाउँ फर्किन थालेका हुन् । काठमाडौंका टिकट काउन्टरमा टिकट लिने मानिसको घुइँचो छ। बस पनि यात्रुले भरिभराउ भएर बाहिरिएका छन् । पेट्रोल पम्पहरूमा उत्तिकै लाइन छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले पनि बाहिरिनेको सङ्ख्या बढेको बताएको छ । महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले भन्छन् ‘अघिल्लो दिनको तुलनामा यात्रुको सङ्ख्या बढेको छ। आज पनि बढ्ने देखिएको छ ।’ 

अघिल्लो दिनको तुलनामा सोमबार पनि उपत्यका बाहिरिने सावरीको सङ्ख्या थियो । मङ्गलवार झन् धेरै बाहिरिएका छन् । वैशाख १० गतेदेखि सोमबारसम्म १ लाख ७८ हजार ८ सय जनाले काठमाडौं उपत्यका छोडेका छन् ।

उपत्यकाका तीनै वटा जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एक साताको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक साता मात्रले नपुग्ने भन्दै १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि