असोज ०५, २०८१, शनिबार
               

जन्ती बोकेको जिप दुर्घटनामा एकको मृत्यु, बेहुला र बेहुलीसहित ११ जना घाइते

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६ हिरापुरमा साेमबार जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा परी बेहुला र बेहुलीसहित ११ जना घाइते भएकोमा दुई जनाको  अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ का ५५ वर्षीय  देवीलाल जोशी रहेको बैतडीका प्रहरी प्रवक्ता किशोर सिंह ऐरीले जानकारी दिए ।  यस्तै, दुर्घटनामा परी जिपका चालक दशरथचन्द नगरपालिका–९ का २५ वर्षीय तारन जोशी र सोही ठाउँका ३७ वर्षीय शिवदत्त जोशी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बेहुलाबेहुलीसहित अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती बोकेर बैतडीको ग्वाल्लेकतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज ३७७ नंको जिप साेमबार साँझ  दरशथचन्द राजमार्गअन्तर्गत बैतडीको हिरापुरमा दुर्घटनामा परेको हो । 


कस्तो लाग्यो ?

यो पनि