असोज ०५, २०८१, शनिबार
               

सालकको खपेटासहित २ जना पक्राउ

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

काठमाडौं महानगरपालिका-६ बौद्ध कपन सरस्वतीनगरबाट १ किलो ८ सय ग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ डाँडाखर्क बस्ने ३० वर्षीय कुलबहादुर तामाङ र सोही ठाउँ बस्ने २० वर्षीय जयराम तामाङ छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद खपेटासहित उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाइएको उक्त व्यूरोले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि