नेपालमा पछिल्लो २४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो मृतककाे संख्या अहिलेसम्मकै धेरै हाे ।
योसहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २९२ पीसीआर परीक्षणमा ३ हजार ३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो स्थासथ्य मन्त्रालयकाे तथ्याङ्क अनुसार नेपालमा कूल संक्रमतिकाे संख्या ३ लाख ११९ जना पुगेकाे छ ।
त्यस्तै २ लाख ७७ हजार ५७३ जाले कोरोना जितेका छन् भने सकृय संक्रमितकाे संख्या १९ हजार ३८२ जना छन् ।