काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले दिँदै आएको सेवा एक साताका लागि बन्द हुने भएका छन् ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकको निर्णयअनुसार उपत्यकाका अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द हुने भएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । त्यसैगरी, बैठकले अन्य कार्यालयलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।