असोज ०६, २०८१, आइतबार
               

परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने १०जना पक्राउ

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक गराएको आरोपमा १० जना पक्राउ परेका छन् ।  वैशाख ३ कोविश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बिइ दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएको थियो ।

कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मीनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन् ।

पक्राउ पर्ने कोमलप्रसाद गौतम विश्वविद्यालयको फोटोकपी फाँटमा काम गर्ने कार्यालय सहायक हुन् । अरु भने विद्यार्थी हुन् । उनीहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाहीका लागि अनुसन्धान गरिरहेको डीएसपी मुकारुङले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि