मंसिर ०७, २०८१, शुक्रबार
               

रूपन्देहीमा थप दुई सय २७ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा रूपन्देहीमा दुई सय २७जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रूपन्दहीका अनुसार  रूपन्देहीमा ९९ महिला र एक सय २८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रूपन्देहीको बुटवल उपमहानगरमा मात्र १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

रूपन्देहीमा अहिलेसम्ममा कोरोना संक्रमणका कारण १ सय ६५ जनाको मृत्यु भएको छ  । सक्रिय संक्रमित आठ सय ११ जनाले होम आइसोलेसन, स्थानीय तहको आइसोलेसन तथा कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका छन् । संक्रमित थपिएसँगै रूपन्देहीको कोरोना विशेष अस्पताल र भीम अस्पतालका सबै बेड भरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रूपन्देहीमा रहेको २२ वटा आइसियूसबै भरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदार साहले जानकारी दिए । साहका अनुसार भीम अस्पतालको ९ र कोरोना विशेष अस्पतालको १३ वटा आइसियूबेड सबै भरिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि