सगरमाथा आाधा रशिविरमा पनि कोरोना पुगेको छ । आरोहणदलकी एक सदस्यमा संक्रमण पुष्टि भएपछि बेस क्याम्पमा आरोहीको लागि सावधानी अपनाउन थालिएको ।
सगरमाथा आएकी एक १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको सोलुखुम्बु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले नेपाल फल्यासलाई जानकारी दिइन् ।
आधार शिविरमा बिरामी भएर काठमाडौं उपचार गर्न ल्याइएकी ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको हाे । संक्रमित बिरामीलाई सुरुमा लेक लाग्ने समस्या देखिएको थियो । उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
कोरोना महामारीको संक्रमण फैलिँदै गएपछि आरोहीलाई सुरक्षित बेस क्याम्पमै क्वारेन्टाइन निर्माण गरी सुरक्षित बस्न आग्रह गरिएकाे सहायक प्रजिअ खतिवडाले बताइन् ।