जेठ ०६, २०८१, आइतबार
               

बारामा ५० वर्षीया महिला मृत अवस्थामा फेला

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । बारा जितपुर सिमरा उपमहानगरपालिका-३ मा ५० वर्षीया महिलाको मृत अवस्थामा फेला परेकी छिन् । 

मृत अवस्थामा उनको शव घरको दोस्रो तल्लाको बरण्डामा भेटिएको छ । प्रहरीका अनुसार उनको निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शवनजिकै इँट्टा भेटिएको छ ।

घटनापछि महिलाका श्रीमान फरार छन् । उनले नै हत्या गरेर भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । मादक पदार्थ सेवन गरेर आउँदा बाबु आमाबीच प्रायः झगडा भइरहने बताइएको छ ।  बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको उनीहरुले प्रहरीसमक्ष बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि