बैशाख १२, २०८१, बुधबार
               

काठमाडौंमा बिहानैदेखि वर्षा, दिनभर मुलुकका अधिकांश भागमा पानी पर्ने सम्भावना

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबार बिहानैदेखि पानी परिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा पानी पर्नेछ । लगातार पानी नपरे पनि केही समयमा रोकिँदै पानी पर्दै जाने सम्भावना देखिएको छ ।  

बदलीसँगै आज मुलुकका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको सम्भावना समेत रहेको छ । त्यस्तै पश्चिमी भागका हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावले मौसम बदली भएको हो । बदली पश्चिमबाट पूर्वतर्फ सरिरहेको र आजै बेलुकीदेखि मौसममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौं पश्चिमतर्फ पानी धेरै परेको र पूर्वी भागमा कम परेको तर भोलिदेखि पूर्वी नेपालको केही भागमा मात्र पानी पर्ने महाशाखाको पूर्वानुमान मौसमविद् प्रतिभा मानन्धरको छ ।


कस्तो लाग्यो ?

यो पनि