बैशाख १६, २०८१, आइतबार
               

स्टिङ अप्रेसनका आधारमा अख्तियारले दायर गरेका सबै मुद्दा खारेज हुने

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धानद्वारा स्टिङ अप्रेसनका आधारमा दायर चार सय मुद्दा खारेज हुने गरी आदेश दिएको छ।  

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले स्टिङ अप्रेसन गरेर संकलित प्रमाण ग्रहणयोग्य नरहेको भन्दै सो आदेश दिएको हो ।सर्वोच्चको सो आदेश अनुसार अब स्टिङ अप्रेसनका आधारमा दायर न्यायिक प्रक्रियामा रहेका सबै मुद्दा खारेज हुनेछन् । 

‘स्टिङ अप्रेसन फौजदारी न्यायको मान्य सिद्धान्त, कानूनको उचित प्रक्रिया र प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मनासिव र तार्किक देखिएन । उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो,’ अदालतले दिएको आदेशमा भनिएको छ ।

अदालतको आदेशसँगै बदर भएका मुद्दामध्ये अधिकांश २०७० सालपछिका छन् । लोकमानसिंह कार्की प्रमुख आयुक्त भएयता स्टिङ अप्रेसन अभियानकै रुपमा सञ्चालन हुँदै आएको थियो । 

यो पनि