जेठ ०३, २०८१, बिहीबार
               

पूर्वराजदम्पतीलाई कोरोना संक्रमण भएको निर्मल निवासले गर्‍यो पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण भएकाे निर्मल निवासले पुष्टि गरेकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले पुष्टि गरेका हुन् । 

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । राजा दम्पती निर्मल निवासमा सेल्फ आइसोलेसनमा सुरक्षित बसेका संवाद सचिव पाठकले बताए । 

२ दिनअघि भारतबाट स्वदेश फर्किएका उनीहरूले कोरोना संक्रमण परीक्षण गराएका थिए । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । कुम्भ मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि