जेठ ०४, २०८१, शुक्रबार
               

आफैँले बनाएको नियम आफैँबाट उल्लंघन सुरू

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

नेपालमा कोरोना संक्रमणदर बढ्न थालेपछि सरकारले सोमबार मात्र कोभिड- १९ संक्रमणको जोखिम भएको भन्दै सभा-समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गर्यो । तर आजै उक्त नियम प्रधानमन्त्री केपी शर्मा ओलीले नै उल्लंघर सुरू गरिसकेकाे छ ।

पछिल्लो संक्रमणदर हेर्ने हाे भने सोमबार १ हजार २२७ जना, आइतबार १ हजार ९६ जना र शनिबार ३७८ जना संक्रिमित थिएका थिए । उक्त संक्रमण दरका कारण सरकारले बनाएकाे नियम सानालाई मात्र लाग्ने तर ठूलाका लागि हाेइन जस्तै गरी आफैँबाट उल्लघन सुरु भएकाे हाे । 

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मेला, महोत्सव, जात्रा, पर्व, विवाहजस्ता धार्मिक अनुष्ठान तथा अत्यावश्यक धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी नभई जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न पाइने नियम जारी गरिएकाे थियाे । 

तर, मंगलबार उक्त नियम बालुवाटारबाटै उल्लंघन सुरु भएको हाे । आफ्नै निर्णयको खिल्ली उडाउँदै आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धार्मिक पूजा अनुष्ठान कार्यक्रम राखियो । त्यहाँ सरकारकै मन्त्रीहरूदेखि सन्त-महन्थहरूकाे बाक्लाे उपस्थिति थियाे ।

आजकाे पूजा अनुष्ठानमा  मास्क लगाए पनि भिड बाक्लो थियो । दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम पनि थिएन । यसले नियम अरुको लागि मात्रै हो, आफ्नो लागि होइन देखिन्छ । 


कस्तो लाग्यो ?

यो पनि