जेठ ०३, २०८१, बिहीबार
               

चैतेदशैँ : आज कर्णालीमा सार्वजनिक बिदा

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

कर्णाली । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझैँ उत्सवका साथ मनाउने गरिन्छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ । प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि