जेठ ०३, २०८१, बिहीबार
               

सरकारको निर्णय नमान्ने र प्रतिकार गर्ने रात्रिकालीन व्यवसायीको चेतावनी

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

सरकारले धेरै भिडभाड हुने क्षेत्र बन्द गराउने निर्णय गरेपछि असन्तुष्ट बनेका व्यवसायी प्रतिकारको तयारीमा जुटेका छन् । सरकारले सोमबार धेरै भिडभाड हुने क्षेत्र वैशाख महिनाभरिका लागि बन्द गराउने निर्णय गरे लगतै रात्रिकालिन व्यवसायीहरूले पत्रकार सम्मेलन गरेर अवज्ञ गर्ने चेतावनी दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले रात्रिकालीन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, रात्रिकालीन व्यवशायहरू डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रोक लगाउन निर्णय गरेको थियो । यस्ता क्षेत्रमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र कोरोनाको जोखिम कायमै रहने भन्दै वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय छ ।

तर रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको छ । सरकारको निर्णयको विरोधमा व्यवसायी तथा कर्मचारीले मादल, खैँजडी, स्कर्ट आदि बोकेर आन्दोलनमा उत्रिने पत्रकार सम्मेलनमा बताइयो ।

सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय जबरजस्ती बन्द गराए सञ्चालक र कर्मचारी गरी ८० हजारले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विनोद श्रेष्ठले सरकारले बल प्रयोग गरेर दोहोरी साँझ तथा रात्रिकालिन बन्द गराएमा त्यसको प्रतिकारमा उत्रिले बताए ।

श्रेष्ठले भने, ‘पहिले पनि ९ महिना बन्द गरेको हो । अन्य व्यवसाय खुल्दा पनि हाम्रो भने बन्द नै रहेपछि हामीले आन्दोलन नै गरेर खुलाएका थियौँ । अब पनि आन्दोलनमा उत्रिन तयार छौँ ।’ 

दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा २० अर्ब लगानी रहेको र प्रत्येक वर्ष सरकारलाई ७ अर्ब कर तिरेको उनले बताए । कोरोनाको विकल्प बन्द मात्रै नभएको र स्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालन गरेर दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

रात्रिकालिन व्यवसायी सङ्घ चाबहिल शाखाका संयोजक केशरबहादुर बुढाथोकीले अब पनि सरकारले बलपूर्वक बन्द गराए मादल, खैजेडी र स्कट लिएर आन्दोलनमा आउने बताए ।

बुढाथोकीले भने, ‘सरकारले गरेको निर्णयको हामी सयुक्तरुपमा विरोध गर्छाैं । ९ महिना लामो बन्दमा हामीलाई सरकारले केही सहयोग गरेन । राजनीतिक जुलुस र मन्त्रीहरूको गोष्ठी गर्दा कोरोना नसर्ने तर व्यवसायीले व्यवसाय गर्दा कसरी कोरोना सर्छ ?’

रात्रिकालिन व्यवसाय सुन्धाराका संयोजक आरसी पोखरेलले सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायलाई अन्याय गरेको बताए । पोखरेलले भने, ‘दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा ७० हजार मानिस जोडिएका छन । १७ सय जना अपाङ्गता भएकालाई समेत हामीले रोजगारी दिएका छौँ । राज्यले दमन गरेर बन्द गराउन खोजे त्यसको प्रतिकार गर्ने छौँ ।’ 

भर्खरै व्यवसाय पुन:सञ्चालन हुन लागेको अवस्थामा फेरि बन्द गराइए रोजिरोटी गुम्ने उनले बताए ।

यो पनि