बैशाख १७, २०८१, सोमबार
               

कोरोनाको दोस्रो इनिङ, उठ्न लागेको अर्थतन्त्रमा धक्का
धरापमा रात्रिकालीन व्यवसाय

ADVERTISEMENT

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने निर्णय गरेको छ । यता मुख्य सहरहरूमा रहेका सबै विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । 

यस्तै सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । विवाह, व्रतबन्ध जस्ता चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको छ । 

मास्क नलगाएकाहरूलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने आग्रह गरेको छ । सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र मास्क नलगाउनेलाई सार्वजनिक सवारीमा चढ्न नदिने निर्णय छ । यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरूमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइनेछैन ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा यी निर्णयहरू छन् । कोभिड–१९ को प्रकोप पुनः बढ्दो क्रममा रहेकाले सरकारले यस्तो निर्णय गरेको जनाएको हो । 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक मञ्चबाटै कोरोना भयावह हुनसक्ने बताएका थिए । त्यसको एक सातापछि सरकारले निजी क्षेत्रलाई धक्का पुग्ने गरी कठोर निर्णय गरेको छ । निजी क्षेत्रमा पनि सबैभन्दा बढी रात्रिकालीन व्यवसाय प्रभावित हुने देखिन्छ । ती व्यवशाय राति २ बजेसम्म खुल्दै आएका थिए । अब भने ८ बजे मात्र खोल्न पाउने निर्णयले उनीहरू प्रभावित हुने देखिन्छ । 

सरकारको पछिल्लो निर्णयले निजी क्षेत्रमा भने पुनः एक किसिमको त्रास दोहोरिएको छ । गत वर्षको ११ चैतपछि लामो समय लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा निकै मर्का खेपेका साना तथा ठूला उद्योगी व्यवसायीहरू सरकारीस्तरबाटै व्यवसायमा कसिकसाउ भएपछि थप त्रसित बनेका छन् । 

धरापमा रात्रिकालीन व्यवशाय, बन्द गराए प्रतिकारमा उत्रने

सरकारको पछिल्लो निर्णयलेनिजी क्षेत्रलाई मात्र असर नगरी सिंगोे अर्थतन्त्र तहसनहस हुने यसले निजी क्षेत्रको तर्क छ । सरकारको पछिल्लो निर्णयले निजी क्षेत्रमा पनि रात्रिकालीन व्यवशाय र पर्यटन क्षेत्र धरापमा पर्ने व्यवसायीहरू बताउँछन् ।

यसअघि लामो समय लकडाउन गर्नुको एउटा बाध्यता भनेको त्यस बेला कोरोनाको उपचार थिएन । अहिले भने कोरोनाविरुद्धको भ्याक्सिनसमेत बनिसकेको छ । कतिपय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूले समेत कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेका छन् । केही दिनअघि मात्रै चीनबाट समेत भ्याक्सिन नेपाल भित्रिएको छ । अब सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउनेतर्फ सोच्नुपर्ने तर ब्यायबसाय बन्द गर्ने निर्णय मान्य नहुने रात्रिकालीन ब्यायबसायी स.घले पत्रकार सम्मेलन मार्फत बताएको छ । सरकारले जबरजस्ती बन्द गराउन आएमा प्रतिकारमा उत्रने उनीहरूको चेतावनी छ । 

‘हामीले लामो समय कोरोना महामारी झेल्यौँ, अरू व्यवशाय खुले पनि हामीलाई खुल्न दिइएन । लामो सङ्घर्ष र आन्दोलनपश्चात् मात्र खुल्न दिइयो । १० महिना लामो बन्दका कारण अझै पनि हामी तङ्ग्रिन सकेका छैनौँ’ रात्रीकालिक व्यवशायी सङ्घ चाबहिल शाखाका अध्यक्ष केशरबहादुर बुढाथोकी भन्छन् ‘पुनः लकडाउन त हामी सोच्न पनि सक्दैनौँ, तर पनि सरकारले अरू सबै क्षेत्र खुल्न दिने तर राति मात्र कोरोना सर्ने भन्ने जसरी राति ८ बजेबाट व्यवशाय बन्द गराउने निर्णय गरेको छ । यसले हामी मात्रै मर्कामा पर्दैनौ,  हाम्रो अर्थतन्त्र तहसनहस हुनसक्छ ।’ 

कोरोनाबाट बच्न उच्च सतर्कता भने अपनाउने तर व्यवसाय बन्द गर्ने पक्षमा भने आफूहरू नरहने उनीहरू बताउँछन् । गत वर्षको ११ चैतपछि लामो समय लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा निकै मर्का खेपेका साना तथा ठुला उद्योगी व्यवसायीहरू सरकारीस्तरबाटै कडिकडाउ हुन थालेपछि फेरि लकडाउन हुने हो की भन्ने चिन्तामा छन् ।

गत वर्ष पहिलो चरणमा चैतमा र त्यसपछि पटक–पटक सरकारले लकडाउन गरेको थियो । पछिल्लो पटक सरकारले सबै जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । लामो समय व्यापार व्यवसाय ठप्प हुँदा दैनिक गुजारा चलाउन नै समस्या भएको व्यवशायीहरूको गुनासो छ। सरकारले लकडाउन नखुलाएको भन्दै महासङ्घले त्यस बेला पसल खोलेर सरकारी निषेधको उल्लङ्घन नै गरेको थियो ।

बन्दको विकल्प सोच्न आग्रह

कोरोना सङ्क्रमणबाट बच्न ब्यासायीहरू तथा सर्वसाधारण आफैँ सचेत हुनुपर्ने भन्दै ब्यायसाय बन्द गर्ने निर्णय आफूहरू स्वीकार नगर्ने रात्रिकालीन ब्यायसायी सङ्घका सल्लाहकार समेत रहेका व्यवशायी नवीन बुढाथोकी बताउँछन् ।

सबै जना सचेत भएर सुरक्षा सावधानी अपनाउने  तर जनजीवनमै असर पुग्ने कुनै पनि निर्णय नमान्ने उनको चेतावनी छ । 

‘उद्योग व्यवसाय पूर्ण रूपमा बन्द हुँदा हामीलाई घर भाडा, बैङ्कको किस्ता र ब्याज तिर्न तथा कर्मचारीको तलब खुवाउन मात्रै होइन दैनिक गुजारा चलाउन नै समस्या परेको थियो,’ रात्रिकालीन व्यवशायी नवीन बुढाथोकी भन्छन्, ‘अति नै हुन्छ भन्ने भएपछि हामी सडकमै उत्रिएर लकडाउनको विरोध गर्न बाध्य भयौँ । हामी चाहन्छौँ अब त्यस्तो अवस्था सिर्जना नहोस् ।’ कोरोना सङ्क्रमणबाट बच्न सर्वसाधारण आफैँ सचेत हुनुपर्ने उनी बताउँछन् ।

‘मुख्य कुरा हामी स्वास्थ्यबारे गम्भीर बन्नुपर्छ, हेल्थ प्रोटोकल गम्भीरताका साथ पालना गर्ने हो भने धेरै तनाव लिनु पर्दैन,’ उनले भने । व्यवशायीलाई दुख दिएर देशलाई अस्वस्थ बनाउने भन्दा पनि सचेतना फैलाउनेतिर सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि